टिकट नपाएपछि ओलीको भण्डाफोर, षडयन्त्रकारी र स्वेच्छाचारी भएको आरोप
काठमाडाैं | असोज २७, २०७९
काठमाण्डौंः आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि रुष्ट भएका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले त्यसको दोष अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका छन् ।
राजधानीको कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले केपी ओलीमाथि ‘स्वेच्छारी निर्णय’ गरेको आरोप लगाएका छन् ।
‘म माथि केपी ओलीले षडयन्त्र र स्वेछाचारी निर्णय गरे’ रावलले भने ‘पार्टी सिद्धान्त र आचरण बाहिर गयो ।’ सोही प्रसंगमा उनले युनिफिकेशन चर्च र होली वाइनका अभियन्ता एकनाथ ढकाललाई टिकट दिएर आफुलाई बाहिर राख्न खोज्दा ‘स्वतन्त्र’ हुन चाहेको जनाए ।
पत्रकारसँग रावलले एमालेको कर्तूत भन्दै ओलीको भण्डाफोरमा लामो समय खर्चिए । एमसीसी, एसपीपी, युनिफिकेशन चर्चमा एमालेको संलग्नता रहेको रावलले सुनाए ।
यसअघि सरकारको उपप्रधानमन्त्री, रक्षा र गृहमन्त्री भइसकेका रावलले एमालेलाई माक्र्सवादी, लेनिनवादी भन्न नसुहाउने टिप्पणी गरे । ०७५ जेठ ३ गते माओवादीसँग आधा–आधा समय प्रधानमन्त्री हुन गरेको गोप्य निर्णयले केपी ओली एकल नेता बन्न खोजेको आरोप लगाए ।
‘कुनैपनि निर्णय स्थायी समितिमार्फत गरिनु पर्छ तर ओली स्वेच्छाचारी निर्णय गर्दै निरंकुशताको बाटोमा लागेको उनको भनाई छ । टिकट पाउन ओलीसमक्ष आत्मसमर्पण गर्नुपर्ने भनाई बाहिरिएपछि आफुमाथि सिँधै प्रहार गर्न खोजिएको उनले सुनाए ।
संसद विघटन नगर्ने निर्णय गरिएपनि पछि एकल निर्णय गर्दै ओलीले संसद भंग गरेको उनले प्रष्टए । त्यसपश्चात् पार्टी र देश जोगाउन आदालतमा दिएको समावेदनप्रति पनि ओलीले इख लिएको उनको भनार्ई छ ।
त्यस्तै, लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नक्सामा समेट्न र त्यस क्षेत्रमा सडक बनाउन माग गर्दा ओलीले नसुनेको र पछि आन्दोलन गरेपछि मान्न बाध्य भएकोसमेत उनले खुलाएका छन् ।
०७८ जेठ १० गते दश भाइको नाम दिएर गरिएको कार्वाहीप्रति उनले आक्रोश पोखे । ‘हामीले पार्टी जोगाउन खोज्दा उल्टै १० बुँदे र १० भाई भन्दै उल्टै कार्वाही गरेर इमान्दार कार्यकर्तामाथि अत्याचार गरे’ उनले भने ।
उनले आक्रोश पोख्दै प्रश्न गरे ‘एकीकरण ध्वस्त बनाउन विभिन्न हर्कत गर्ने नाइकेले यसको जिम्मेवारी लिनु पर्दैन, उल्टै पार्टी एकता जोगाउने खोज्ने हामीमाथि नै कार्वाही किन ?’
यसैगरी, उनले अछाम – १ मा भदौ १९ गते आफ्नो मात्र नम्बर सिफारिश गरिएकोप्रति जिल्ला कमिटीलाई धन्यवादसमेत दिएका छन् । उनले थपे, ‘तर मसँग नसोधी पार्टीमा योगदान नगरेकालाई ओलीले टिकट दिए ।'
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

